SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर. १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रुपमा चिनिन्छ ।