SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

रवि र बालेनले रहरले गठबन्धन गरेका होइनन् , यो गराइएको गठबन्धन हो : कांग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले अहिलेको निर्वाचन प्रक्रिया राष्ट्रपतीय प्रणालीजस्तो देखिन थालेको टिप्पणी गर्दै कांग्रेस भने संसदीय व्यवस्थाकै पक्षमा रहेको बताए ।