SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०७:०६ AM · 1 मिनेट पढाइ

हाई प्रोफाइललाई धम्की दिने पाठकलाई नेपाल ल्याइयो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित हाई प्रोफाइललाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो । काभ्रे स्थायी घर भएका पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइएको काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।