SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०७:३५ AM · 1 मिनेट पढाइ

बर्दियामा कैदीबन्दीहरुलाई हस्तकला तालिम

बर्दिया । बर्दिया कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी सञ्चालन गरिएको बेतको फर्निचर तथा बाँसका हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, गुलरियाको आयोजनामा करिब डेढ महिनासम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा २० जना कैदीबन्दी सहभागी भएका थिए ।