SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०७:५५ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।