SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

प्रहरी हवलदार मृत्यु प्रकरण: थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो  । घटनालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए ।