ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु
काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएकी र उनको उपचारका क्रममा आज मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
