SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा

काठमाडौँ ।  मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जसमध्ये ७७ प्रतिशत हतियार अमेरिका बाटै आएका मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलवार जानकारी दिए । प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियारहरू कसरी सङ्गठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिए ।