क्रिकेटको लागि कार्यालय खाली, सेवाग्राहीको सास्ती
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरू सोमबार कार्यालय समयमै कार्यकक्ष छाडेर क्रिकेट खेल्न गएपछि सेवाग्राहीहरू मर्कामा परेका छन् । नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू दिउँसोको व्यस्त समयमा कार्यालयमै हुनुपर्नेमा खेल खेल्न र हेर्न भन्दै मैदानतर्फ लागेपछि सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको हो । सोमबार दिउँसो नगरपालिका कार्यालयको नवनिर्मित भवन पुग्दा अधिकांश शाखाका कुर्सीहरू खाली थिए ।
