SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०४:४९ AM · 1 मिनेट पढाइ

दाङ निर्वाचन क्षेत्र २:  संस्थापक मुख्यमन्त्रीको चुनावी परीक्षा

लमही । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङलाई राष्ट्रको नेतृत्वकारी भूमिकामा पु¥याउने समय आएको बताएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता पूरा भइसकेको उल्लेख गर्दै उनले अब तुलसीपुर विमानस्थल बिस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण गराउने घोषणा गरेका हुन् ।