SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

रामेछापको लिलौटीमा बस दुर्घटना: पाँच जनाको मृत्यु

रामेछापमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो।