SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो ।