SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

नवलपुर–२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मतदाता अघिल्लो चुनावमा गरेका बाचा सम्झिन थालेका छन् । निर्वाचन क्षेत्र नं २ मा नारायणी नदी कटान, मानव वन्यजन्तु द्वन्द्व, जग्गाको लालपुर्जालगायत मुख्य समस्या समाधान गर्नेभन्दै यसअघिको निर्वाचनमा मतदातासमक्ष प्रतिबद्धता जारी गर्ने गरेका मध्य विन्दु–३ का मतदाता मित्र पौडेलले बताए ।