SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

तामाकोसी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोसी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ । दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।