SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०२:१४ AM · 1 मिनेट पढाइ

रुपन्देही क्षेत्र नम्बर ५ : शाहको अन्तिम मैदान, भट्टराईको पहिलो परीक्षा 

बुटवल, २६ माघ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–५ यस पटक सामान्य चुनावी प्रतिस्पर्धाको केन्द्र मात्र नभएर पुस्तान्तरण र नयाँ अनुहारसँगको प्रतिस्पर्धाको मैदान बनेको छ । झन्डै तीन दशकदेखि संसदीय राजनीतिमा सक्रिय रहँदै आएका नेपाली काँग्रेसका नेता भरतकुमार शाहका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन राजनीतिक यात्राको अन्तिम परीक्षा बन्दै छ ।