SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०३:१७ AM · 1 मिनेट पढाइ

ग्रे लिस्टमा परेको नेपाल ब्ल्याक लिस्टमा पर्ने खतरा !

नेपाल अहिले राजनीतिक स्थिरता, नीतिगत निरन्तरता, सुशासन र वित्तीय प्रतिबद्धता जस्ता विषयमा अन्तर्राष्ट्रिय समुदायको कडा निगरानीमा छ । २०८२ साल फागुन १४ गते नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को ग्रे लिस्टमा परेको एक वर्ष पूरा हुँदै छ । ग्रे लिस्टमा पर्नु भनेको देशको कमजोर वित्तीय प्रणालीप्रतिको गम्भीर चेतावनी हो ।