ढाकावाङ्गमा एचपिभी खोप अभियान
अर्घाखाँची । ढाकावाङ्ग स्वास्थ्य चौकीमा एच.पि.भि. खोप अभियानलाई सफल पार्ने उद्देश्यसहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा सरोकारवालाहरूबिच बैठक सम्पन्न भएको छ । ढाकावाङ्ग स्वास्थ्य चौकीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझीले सहजीकरण गर्दै एच.पि.भि. खोपको महŒव, यसको सुरक्षा, प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको भूमिकाबारे विस्तृत जानकारी दिइन् ।
