SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०५:४२ AM · 1 मिनेट पढाइ

बुटवलमा सरसफाइ अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसर पारेर सरसफाइ अभियान सुरु गरेको छ । अभियानको औपचारिक सुरुवात बुटवल–योगीकुटी क्षेत्रबाट गरिएको हो । अभियानको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रूपमा विकास गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताए ।