SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०९:०८ AM · 1 मिनेट पढाइ

सिटि क्याम्पस बुटवलमा नमुना निर्वाचन सम्पन्न

बुटवल । प्रतिनिधिसभा निर्वाचनको झल्को दिने गरी लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल (सिटी क्याम्पस बुटवल)  मा प्रथम एलबीयू नमुना निर्वाचन सम्पन्न भएको छ । विश्वविद्यालयअन्तर्गत सातौँ सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा आइतबार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष प्रणालीमा आधारित नमुना निर्वाचन सम्पन्न गरिएको हो ।