SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका नेपालीको शव स्वदेश फर्काउन र हराइरहेका श्रमिकको खोजी कार्य तीव्र पार्ने पहल गर्न सरकासँग आग्रह गरे ।