SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधीकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।