SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

गुल्मीमा मानव कङ्काल फेला

गुल्मी ।  गुल्मीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउनेको कालीगण्डकी नदि किनारमा ढुङ्गाको  कोप्चेरोमा सोमबार दिउँसो  मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।