SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

बाँके क्षेत्र नम्बर २: अनुभवी नेतृत्वसँग युवाको टक्कर

नेपालगन्ज, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौलसँगै बाँकेमा जिल्ला चुनावी सरगर्मी बढेको छ । गाउँ–टोलदेखि सहरका चोकसम्म चुनावी चर्चा बाक्लिँदै गएको छ । राजनीतिक दलहरू घोषणापत्र सार्वजनिक गर्न, प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न तथा उम्मेदवारहरू मतदाताको आकाङ्क्षा बुझ्दै घरदैलोमा पुग्न व्यस्त देखिन्छन् ।