SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल र इङ्ल्यान्ड पहिलोपटक भिड्दैछ्न ।