SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०६:०७ AM · 1 मिनेट पढाइ

गुल्मीमा दर्ता भएका हतियार सबै प्रहरीमा आउन सकेनन्

गुल्मी । आगामी फागुन २१ गते हुने गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै  दर्ता भएका हातहतियार प्रहरीमा बुझाउन  आग्रह गरे पनि  सबै  हतियार प्रहरीमा आउन सकेका छैनन् । जिल्ला प्रशासनले निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेको इजाजतप्राप्त हतियार तथा खरखजना माघ १५ गतेभित्र नजिकको प्रहरी एकाइमा बुझाउन आग्रह गरेको थियो ।