SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

सुरुङ्गा (झापा) ।  अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।