SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताए ।