SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन: आयोगले ९ प्रकारका सामग्री पठाउने

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए ।