SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०९:०८ AM · 1 मिनेट पढाइ

उत्तर कोरियाको पार्टी सम्मेलन

काठमाडौँ । उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले आइतबार जनाएको छ । उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।