SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि आगामी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।