SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

काठमाडौँ । थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनमा प्रगतिशील, लोकप्रियतावादी र परम्परागत संरक्षणवादी राजनीतिक धारबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । सुस्त आर्थिक वृद्धि र बढ्दो राष्ट्रवादी भावनाको पृष्ठभूमिमा करिब पाँच करोड ३० लाख दर्ता मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।