SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा गृहमन्त्रीको जोड

गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए ।