SHARE
बुटवल टुडे · बुधबार २१ माघ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते

काठमाडौँ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सन् २०२५ मा देशभर बारुती सुरुङ विस्फोटका कारण कम्तीमा ८७ जनाको मृत्यु हुनुका साथै ३३३ जना घाइते भएको जनाएको छ । विगत एक वर्षमा अफगानिस्तानमा खानी विस्फोट र बारुती सुरुङ विस्पोटको परिणामस्वरूप कुल १९३ वटा विस्फोट घटनाहरू रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताए ।