SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ०१:३९ AM · 1 मिनेट पढाइ

नक्सा पासबिनै नगरपालिकाको भवन !

नवलपरासी, २२ माघ । नागरिकका घर–गोठ निर्माण गर्दा नक्सा पास अनिवार्य बनाउने रामग्राम नगरपालिका आफैँले भने आफ्नै बहुउद्देश्यीय कम्प्लेक्स भवन नक्सा पासबिनै निर्माण प्रक्रिया अघि बढाएको आरोप खेपिरहेको छ । नगरपालिकाको यो कार्यशैलीले ‘कानुन सबैका लागि बराबर हो कि सत्तामा भएकाका लागि छुट्टै ?’ भन्ने गम्भीर प्रश्न उठाएको छ ।