SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ०६:२२ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम : सर्पदंशबाट ३ वर्षमा १ हजार ९ सयभन्दा बढी प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।