SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।