SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो ।