SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

संस्कृति र राजनीतिको अन्तरसम्बन्ध

संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्य–मान्यता र जीवनशैलीको प्रतिविम्ब हो, भने राजनीति ती मूल्य–मान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो ।