SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०१:३३ AM · 1 मिनेट पढाइ

बैतडी बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।