SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

पूर्व बैंकरकी श्रीमती पक्राउ, श्रीमान् फरार

बुटवल । अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी कसुरमा एक पूर्व बैंकरकी श्रीमती पक्राउ परेकी छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ निवासी राधादेवी पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनका श्रीमान् पूर्व बैंकर तथा व्यवसायी पशुपति घिमिरे भने फरार रहेका छन् । पशुपति घिमिरे र राधादेवीविरुद्ध पीडित विमलाकुमारी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।