SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०२:३७ AM · 1 मिनेट पढाइ

‘हतार होइन, संयम र विवेकको खाँचो’

अबको २७ दिनपछि प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचनप्रति दलहरूको प्रतिबद्धता छ । पहिले निर्वाचन हुँदैन कि भन्ने दलहरू समेत अहिले निर्वाचनको वातावरण बन्दै गएपछि निर्वाचनप्रति सकारात्मक हुँदै घरदैलो गर्न सुरु गरिसकेका छन् । निश्चित रूपमा मुलुक अहिले निर्वाचनमय बनेको छ तर सरकारमा सहभागी प्रधानमन्त्रीदेखि मन्त्रीले दिने वक्तव्यले भने निर्वाचनप्रति आशङ्का पैदा गराउने गरेको छ ।