SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

उच्च अदालत बुटवलमा नागरिक सहायता कक्ष

बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सेवाग्राहीहरूको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरूको लागि सहजता प्रदान गर्ने गरी सहायता कक्ष स्थापना गरिएको हो । नागरिक सहायता कक्षको एक विशेष कार्यक्रमका बिचमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्यले शुभारम्भ गरेका हुन ।