SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

क्षितिजमा अन्तर कलेज बास्केटबल प्रतियोगिता

बुटवल । क्षितिज कलेज बुटवलको आयोजनामा ‘क्षितिज कप २०२६’ भएको छ । न्यु होराईजन कलेजमा आयोजना गरिएको प्रतियोगिता क्षितिज स्टुण्डेन्ट काउन्सिलको आयोजनामा भएको हो । फाइनल खेलमा लुम्बिनी वाणिज्य क्याम्पस र मणिमुकुन्द कलेज बीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलपछि मणिमुकुन्द कलेज विजेता बन्न सफल भयो लुम्बिनी वाणिज्य क्याम्पस उप–विजेता घोषित भयो ।