अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किँदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
