SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो । वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक) को काम सुरु गरिएको हो ।