SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ १०:५० AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा निर्वाचन प्रहरीको तालिम (फाेटाे फिचर)

अर्घाखाँची  । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीमा निर्वाचन प्रहरीको पिटी परेड तथा तालिम सञ्चालन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको व्यवस्थापनमा भर्ना भएका युवायुवतीलाई अहिले दैनिक रूपमा शारीरिक अभ्यास तथा आधारभूत सुरक्षा तालिम प्रदान गरिँदै आएको छ । सन्धिखर्क स्थित टुडीखेलमा बिहानैदेखि निर्वाचन प्रहरीहरू पिटी परेडमा व्यस्त देखिन्छन् ।