SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०२:४४ AM · 1 मिनेट पढाइ

आठौँ परीक्षामा त्रिपाठी र सुक्ला

बुटवल । राजनीतिमा टिकिरहनु मात्र होइन, पटक–पटक मतदाताको परीक्षा दिनु पनि आफैँमा ठुलो चुनौती हो । २०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिरहेका दुई नेता पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रुपन्देही–४ का सर्वेन्द्रनाथ सुक्ला यस पटक आठौँ पटक प्रतिस्पर्धामा छन् । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो निरन्तर चुनावी यात्रामा रहेका यी दुई नेता अपवादकै रूपमा देखिन्छन् ।