SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु /कुहिरो रहनेछ ।