SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०३:१८ AM · 1 मिनेट पढाइ

‘बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस नेताहरू दाबी गरेका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ मा वडा प्रचार कार्यालयहरूको उद्घाटनका क्रममा नेताहरूले काँग्रेस मुलुकको मियो पार्टी भएको दाबी गर्दै मुलुकलाई सही दिशा र गति दिनका लागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।