SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०३:३४ AM · 1 मिनेट पढाइ

साझेदारी मोडलमा २६७ घरको तिर्खा मेटिँदै

सल्यान  । सल्यानको कालीमाटी गाउँपालिकाले सवा दुई करोड बढी लागतमा दुई सय ६७ घरमा खानेपानी धारा पु¥याउने भएको छ । विभिन्न दातृ निकायसँगको साझेदारीलाई समेत जोड दिएर विकास निर्माणका योजना अगाडि बढाइरहेको गाउँपालिकाले यस वर्ष चार वटा योजना मार्फत २६७ घरधुरीमा खानेपानी धारा पु¥याउने लक्ष्य राखेको हो ।